२०८२, २ जेष्ठ बिहीबार
×

ट्रेन्डिङ

कोराना संकटको बेला समाजसेवी सोनाम शेर्पाद्वारा बिपन्नलाई नि:शुल्क भोजन

1937 Shares

काठमाडौँ – कोराना संकटको बेला शेर्पा लिकोर स्टोर र शेर्पा म्याक्स क्लबका सञ्चालक समाजसेवी सोनाम शेर्पाद्वारा बिपन्नलाई नि:शुल्क भोजन खुवाइएको छ ।

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष समेत रहेका समाजसेवी शेर्पाले आफ्नो छोरा क्याल्बिन शेर्पाको जन्मदिनको अवसरमा गोकर्णेश्वर नगरपालिका–८ को पहलमा लकडाउन प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, गरिब, तथा विपन्न परिवारलाई खाना खुवाउनु भएको छ ।

व्यवसायी शेर्पाले खाना खान नपाएर समस्यामा परेकाहरूलाई २५ केजीको दरले १०० बोरा चामल पनि वितरण गर्ने प्रतिबद्धता पनि जनाउनु भयो ।

वडा अध्यक्ष मनोजकुमार ढुंगानाको सक्रियतामा शुरु गरिएको उक्त अभियानमा नेपाली कांग्रेसका महासमिति सदस्य बिमल ठकुरी वडा सदस्यहरु नन्दलाल श्रेष्ठ, संन्नानी लामा डम्बरबहादुर श्रेष्ठ , सोबिता मिजार्को साथै बेशीगाउ युवा समूह, छहारी युवा क्लब , अत्तरखेल युवा समाज, डाँडा गाउ टोल सुधार समिति र मासिक सय अभियानका स्वयं स्वयंसेवकहरुले खाना खुवाउने काममा सहयोगी भूमिका खेलेका थिए ।

उहाँले यस्तो परिस्थितीमा सरकारले जारी राखेको लक डाउनलाई यस निःशुल्क भोजनको प्रबन्ध झन प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै निःशुल्क भोजनको प्रबन्ध गर्ने समाज सेवी शेर्पालाई अध्यक्ष ढुंगानाले धन्यवाद दिनु भएको छ ।

प्रतिक्रिया