२०८१, ८ चैत्र शनिबार
×

ट्रेन्डिङ

कोरोना संक्रमित स्वस्थ भइ ‘डिस्चार्ज’, प्रधानमन्त्रीद्वारा बधाई

902 Shares

काठमाडौं, वैशाख ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस संक्रमति व्यक्ति स्वस्थ भइ अस्पतालबाट ‘डिस्चार्ज’ भएकामा उनको आरोग्यको कामना गरेका छन् ।

नेपालकी दोस्रो कोरोना संक्रमित बिरामी उपचारपछि निको भएर शनिबार घर फर्किएकी हुन् ।

काठमाडौंकी १९ वर्षीया ती युवती टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।

प्रधानमन्त्री ओलीले उनको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरूलगायतलाई बधाइ तथा धन्यवादसमेत व्यक्त गरेका छन् ।

‘कोरोनाभाइरसबाट संक्रमित दोस्रो बिरामी आज पूर्ण स्वस्थ भइ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको आरोग्यताको कामनासहित उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरू तथा सम्बद्ध सबैलाई बधाइ तथा धन्यवाद ।’–प्रधानमन्त्री ओलीको ट्वीटमा लेखिएको छ ।

गएको चैत ४ गते ती युवती फ्रान्सबाट नेपाल आएकी थिइन् । चैत १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि ‘आइसोलेसन’मा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया