२०८१, ७ असार बिहीबार
×

ट्रेन्डिङ

कोरोना,लकडाउन,राजनीति र अवसर

1838 Shares

लकडाउन र सामाजिक दूरी
केटाकेटीमा एउटा खेल मज्जाले खेलिन्थ्यो । आफ्नो वा छिमेकीको घर बनाउन ल्याइएको इँट्टालाई अलि सम्म र फराकिलो ठाउँमा सिधा, घुमाउरो, छड्के वा विभिन्न आकारमा लहरै ठाडो पारेर राखिन्थ्यो । एकले अर्कोलाई धक्का दिनसक्ने गरी राखिएपछि अघिल्लो छेउकोलाई ढलाएर क्रमशः सबै ढलेको र ढलिरहँदा अनि ढलिसकेपछिको कलात्मक दृश्य सहितको मनोरञ्जनमा खुब रमाइन्थ्यो । छेउबाट ढल्दै गरेको क्रमलाई अन्तिम छेउको इँट्टासम्म नपुग्दै उकहिलेकाहीं बीचको इँट्टा खुसुक्क वा जानाजान झिकिदिंदा, डड्याइएको एउटाले आफु ढल्दा अर्कोलाई छुन भ्याउँदैनथ्यो र ठडिएका बाँकी इँट्टाको लहर ढल्दैनथ्यो । सम्भवतः मेरो जीवन (सायद यहाँहरुको पनि) को ४०–४५ बर्ष अघिको त्यो बालापनमा अभ्यास गरिएको मनोरञ्जनात्मक खेलभित्र आजको “कोरोना” महामारीको उपचार बिधि अन्तरनिहित रहेछ भन्ने लाग्दा फेरि एकपटक रोमान्चित बनेको छु । अहो !!!

सरुवा रोगको जीवाणु र किटाणुलाई हामी भाइरस भनेर बुझ्दछौं । यसको प्रकृति बुझ्दा एउटा निश्चित बिन्दुमा पुगेपछि स्वतः आफैं समाप्त हुन्छ अर्थात् फैलिने वातावरणबाट अलग्गिनासाथ आफैं अन्त्य हुनु यसको अनिवार्य विशेषता हो । आफ्नो प्राणको धुकधुकी रहेसम्म अन्त सर्नसक्ने गुण हुने भाइरस एकबाट अर्कोमा सङ्क्रमित हुने अवसर पाउनासाथ समाप्तिको चरणमै पुगेको यस्को जीवन एक्कासी सयौं, हजारौं गुणामा बृद्दि र सञ्चार हुनसक्दछ । तर कुनै जीवको मद्दत बीना यो अर्को ठाउँमा पुग्न सक्दैन र निश्चित समयपछि जहाँको त्यहीं यस्को समुल नष्ट हुन्छ ।
अहिले विश्वमा भुसको आगोसरी सल्कँदै फैलिएको कोरोना (कोभड – १९) भाइरस बिरुद्धको कुनै ब्लतष्(ख्ष्चगक वा औषधी पत्ता लागिसकेको छैन । कति सङ्ख्यामा मानवसम्हार पछि यसको समाप्ति हुन्छ भन्ने यकिन छैन । तर बीना औषधीय हतियारले पनि भाइरसलाई पराजित गर्न सकिन्छ भन्ने पूर्व अनुभव मानवजातिसँग छ । अहिलेकै सन्दर्भमा समेत चीन त्यसको ज्वलन्त उदाहरण हो । बर्बाद हुने अनुमान गरिएको चीन सामुुदायिक संक्रमणबाट फर्केर ३ महिनाकै अबधिमा लगभग मुक्तको अवस्थामा पुगेको छ भने समयमै सजग र सतर्क रहने केही मुलुक र राज्यहरु थप संक्रमण नहुनेमा ढुक्क देखिन्छन् । त्यो बीना औषधीय हतियार भनेको संक्रमणबाट जोगिने उपाय अवलम्बन नै हो । निश्चित समयभित्र धेरै जाँच गराउने र सामाजिक दूरी कायम गर्नु नै जोगिनु हो । जस्का लागि थुप्रै मुलुक र हाम्रो देश नेपालले समेत “लकडाउन”को बिधिलाई अवलम्बन गरेकोे छ ।

आदरणीय पाठकबृन्द, हो केटाकेटीमा अभ्यास गरिएको त्यो इँट्टाको लहर ढाल्ने खेलमा जसरी अर्कोलाई छ्वाएर ढाल्न खडा गराइएको बीचको कुनै एउटामात्र इँट्टा पन्छ्याएर अर्कोसँग दूरी कायम गराइएपछि बाँकी लहरमा राखिएकाहरु कुनै पनि हालतमा ढल्दैनथ्यो र लहर ढल्ने क्रमको समेत अन्त्य हुन्थ्यो । कोरोना भाइरसको सन्दर्भमा सामाजिक दूरीले त्यसैगरी संक्रमण रोक्ने वा स्वयमको अन्त्य हुने अवश्यम्भावी अवस्थाको सिर्जना गर्दछ भन्ने कुरा अब घाम जत्तिकै छर्लङ्ग भएको छ।

कोरोना राजनीति : धमिलो पानीमा माछा मार्ने दाउ

सिमित श्रोत साधनको आधारमा भन्नुपर्दा नेपालले मुक्ति पाउन केही समय लाग्न सक्छ नै । हाललाई बैशाख १५ गतेसम्मलाई लकडाउनको थप निर्णय भैसकेको छ । छिमेकी मुलुक भारतको अवस्थाले समेत केही दिन लम्बिन सक्ने अनुमान गर्न सक्छौं । दोस्रो चरणको संक्रमण देखापरेपछि सरकारले चालेको गहन कदम यता स्थितिमा निकै सुधार देखिएको छ । पछिल्लो पटक थप गम्भीरतापूर्वक लाग्न र यस समस्याबाट छिट्टै मुलुकलाई मुक्त गराउन स्वयम सरकार सक्षम रहेको र त्यसका लागि थप केही समय कष्टकर रहनसक्ने सम्भावना बारे अवगत गराउँदै सबैलाई आ– आफ्नो ठाउँमा सजग र सतर्क रहन प्रधानमन्त्रीले सार्वजनिक रुपमा निर्देशन सहित अपिल गरिसक्नुभएको छ । सरकारले समय मै लकडाउन गरेकोले जति आयात भयो भयो अब थप कडाई गरेर संक्रमणको आयात हुने सम्भावित बाटो बन्द गर्नु पर्दछ । आजसम्म प्राप्त जनताको पूर्ण समर्थनको बलमा थप हुने समयावधिभर निर्बाध अगाडि बढ्न अब सरकारले जनताको दैनिक जीवनरक्षाको प्याकेज ल्याउनेबारे भने गम्भीर हुनैपर्छ । सम्पूर्ण जनताकै जीवनरक्षाका लागि अपनाइएको लकडउनको पूर्ण पालनाको विकल्प नभएकोले जस्ले जे भनेपनि जनता सरकारकै पक्षमा छन् । जति सक्दो छोटो अवधिमा धेरै भन्दा धेरै परीक्षण गर्ने व्यवस्था गर्न समग्र स्वास्थ्य क्षेत्र लाई मजबुत बनाएर सरकारले जनतालाई ढुक्क भएर बस्न सक्ने बलियो वातावरण भने बनाउनै ( यद्यपी सरकारले ढुक्क हुन भनिसकेको छ ) पर्दछ । त्यसपछि त धमिलो पानीमा माछा मार्न कोही चाहन्छन् भने पनि त्यो उनीहरूको दीवास्वप्न मात्र हुनेछ ।

यस्तो संकटको घडीमा सर्वदलीय सरकार बनाउने कुरा होस् वा मध्यावधि चुनाव गर्ने कुरा होस् सबै राजनीतिक अस्थिरता पैदा गराएर सरकार असफल भयो भन्ने डङ्का पिटाउँदै अराजकताको “सलह” फैलाउने खेल वाहेक केही होइन ।

त्यसरी नै तीन तीनवटा जननिर्वाचित सरकार हुँदाहुँदै सर्वदलीय संयन्त्रको कुरा उठाउन खोज्नुलाई पनि सकारात्मक अर्थमा मात्र बुझ्न सकिँदैन । फुलटाइमको हवाला पनि सिधै प्रम फेर्ने नाममा राजनीतिक अस्थिरता पैदा गर्न खोज्नु नै हो । यसैगरी विज्ञान फेल भैसकेको छ अब उनै अलौकिक “श्री……..नाथको पुकार गरौं” भन्नेहरुले बुझ्न जरुरी छ कि चीनको उहानमा सफलता प्राप्त गर्ने सि जिन पिङ कुनै ……नाथ होइनन् केवल धैर्यवान र विवेकशील मानव हुन् र उनले कुनै ….नाथको नभएर विज्ञानको पथमा लागे र छिट्टै सफलता प्राप्त गरे र कम्तिमा अहिले विश्वको ध्यान आफु तिर खिच्न सफल भएका छन् । मानवले आफ्ना लागि सिर्जना गरेकोे पृथ्वी र यसमा आइपर्ने जुनसुकै समस्याको समाधान मानव मात्रले गर्न सक्दछ ।

लकडाउनको समयः एक अवसर
सायद पहिले कहिल्यै नपाएको यति धेरै समयलाई रचनात्मकरसिर्जनात्मक रुपमा जीवनलाई समृद्ध बनाउन सकिने अवसरको रुपमा यसरी हेर्न सकिन्छ ।

  • आफ्नो पेशारव्यवसाय र रुचिका विषयसँग सम्बन्धित पुस्तक रलेख ररचना आदि पढ्ने – लेख्ने फूर्सदको अवसर । ज्ञान–विज्ञान बारे सत्य तथ्य र खोज अनुसन्धान गर्ने अविस्मरणीय अवसर ।
  • कला,साहित्य,सङ्गीतका सर्जकहरुका लागि सिर्जनाको सुन्दर अवसर ।
  • परिवारका सदस्यहरू मिलेर दैनिक घर व्यवहारका संयुक्त अभ्यास गर्ने अद्वितीय अवसर ।
  • जीवनोपयोगी कृयाक्लाप र विज्ञान–प्रविधि बारे बालबच्चा वा अन्य सदस्यहरूसँग अन्तरक्रिया गर्ने सुनौलो अवसर ।
  • शारीरिक रमानसिक रुपमा स्वास्थ्यलाई तन्दुरुस्त राख्न विभिन्न उपचार र व्यायाम आदिमा लाग्न पाउने सुखद अवसर ।
  • पढाइबाट डिग्री प्राप्त गर्नु भनेको माटो र शारीरिक श्रमबाट टाढा रहनु जस्तै भएको छ । यो मानसिकतालाई परिवर्तन गराउने अभ्यासमा लाग्ने गहन अवसर ।

कोरोना समाप्तिपछिको समय : “समृद्ध नेपाल र सुखी नेपाली” को लागि स्वर्णिम अवसर

अहिलेको महामारीले अधिक मानवीय क्षतिसँगै ठूलाठूला उद्योगधन्दाबाट धनी र समृद्ध भएका मुलुकहरूमा अकल्पनीय रुपमा आर्थिक, सामाजिक क्षति पुग्ने निश्चित छ । नेपालले पनि मुलुक अनुसारको त्यस्तै क्षति अवश्य व्यहोर्नु पर्ने देखिन्छ । एउटा त स्वयम् मुलुकहरुमा आउने सक्ने आर्थिक मन्दिका कारण र अर्को नेपालीहरु विदेश जाने कुरामा आउनसक्ने कमिका कारण वैदेशिक रोजगारीबाट बार्षिक रुपमा प्राप्त हुने खरबौं रकममा केही वर्ष अवश्य पनि ठुलो धनराशि कटौती हुनेछ । यसो भनेर मनमा निराशाको घर ठड्याएर बस्नु किमार्थ जीवन होइन । बरु हरेक चुनौतीका पहाडभित्र सम्भावना वा अवसर अवस्य हुन्छ भनेर आशावादी हुनु चाहिँ जीवन हो ।
हामीले केवल रेमिट्यान्सबाट आएको रकममात्र एकोहोरो हिसाब गरिरहेका छौं । विदेश जाँदा हुने खर्च (थप अवैधानिक खर्च समेत) त्यसका लागि तिर्नुपर्ने (सहकारीको महङ्गो र महाजनको ढ्याके) ब्याजको पनि हिसाब अब हेर्नुपर्छ । दक्षजनशक्ति विदेशिनु पर्दा मुलुकलाई पुग्ने घाटा , श्रमशक्ति विदेशिंदा उर्जाशील जमिन बाँझो रहँदा हुने नोक्सानी , पैसाको लोभमा गुमाएको राष्ट्रियताको क्षतिमूल्यको पनि हिसाब किताब हेर्नुपर्छ । हिजो केही अगाडिसम्म नेपालीको जीवनसँग जोडिएको उत्पादन प्रणाली ( कृषि र साना तथा मझौला घरेलु उद्योग) लाई अहिलेको परिवेशमा उच्च आधुनिक प्रविधि सँगसँगै जोडेर अगाडि बढाउने हो कि ? आमरुपमा हृदयंगम गर्नुपर्ने विषय हो यो । 

साँच्चै संकट परेपछि अझ भनौं आफ्नै जीवन गुम्ने भएपछि मान्छेले झल्याँस्स परिवार ,आफन्त, गाउँ, समाज अनि देश सम्झेर आत्तिने रहेछ । हाम्रो उखान नै छ “मान्छेको जात नपरी चेत्दैन” परेपछि चेत्छ नि त भन्ने सकारात्मक सोंचलाई आत्मसात् गर्ने हो भने संकटकै बेला सङ्खघोष गर्दै सबै मिलेर देशलाई समुन्नत बनाउने सङ्कल्प गर्न सकिन्छ । सरकार हाँकिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबैभन्दा बढी जिम्मेवार भएर “समृद्ध नेपाल र सुखी नेपाली” को समग्र योजना (सरोकारवालासँगको बृहत् छलफल सहित) प्रस्तुत गर्ने अनि प्रमुख प्रतिपक्षी दल नेका र अन्य दल गम्भीर भएर रचनात्मक भुमिका सहित सामेल हुने हो भने शेक्सपियरले भने झैँ असम्भव भन्ने केही हुँदैन ।

कृष्ण राई

केन्द्रीय सदस्य – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एवं संघीय सांसद

प्रतिक्रिया