प्रोफेसर अलका आचार्य
सेन्टर फर इस्ट- एसियन स्टडिज,जेएनयू
बीबीसी। २२–२४ जुलाईकोबीच चीनका उपविदेशमन्त्री कोङ सुवानयुले भुटानको दिन दिवशीय भ्रमण गरे। दोक्लाममा गत वर्ष अगस्टमा भारत र चीनको सेनाको ७३ दिनसम्म चलेको विवाद समाप्त भएपछि चीन भुटानबीच सिधा सम्पर्क भएको यो पहिलो पटक हो।
चीन र भुटानबीच कुनै औपचारिक कुटनीतिक सम्बन्ध छैन। यही कारण चीनको विदेश मन्त्रलायको वेबसाइटमा उल्लेख भएको एसियाली देशमा भुटानको नाम समावेश गरिएको छैन्। तर बेला बेलामा चीनका अधिकारीले भुटानको भ्रमण गर्ने गरेका छन्। र, चीनका नयाँ दिल्लीस्थित राजदूत भुटानी राजदूतसँग नियमित आधिकारिक छलफल पनि गर्छन्।
अहिलेको भ्रमणमा अधिकांश रिपोर्टमा के कुरा उल्लेख छ भने कुटनीतिमा वरियातालाई लिएर प्रोटोकलमा थोरै परिवर्तन गरिएको छ र, कोङको औपचारिक बैठकलाई सर्वोच्च सम्मान दिइएको छ। चीनका उपविदेश मन्त्री कोङले भुटानका राजा र पूर्व राजासँग बैठक गरे। अनि प्रधानमन्त्री सेरिङ तोबगेसँगै विदेश मन्त्री दामचो दोर्जीसँग पनि भेटवार्ता गरे।
दुवै देशले आफ्नो सीमा विवाद सुल्झाउनकालागि गम्भीर छलफल गरेको र सीमा विवाद अन्त्य गर्ने सहमति भएको आधिकारिक रुपमा बताइएको छ। सीमालाई लिएर दुवै देशबीच समान धारणा बनाइएको छ। तर समान धारणाका विषयमा भने केही उल्लेख गरिएको छैन्।
चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै देशका सीमा जोडिएको इलाकामा शान्ति बनाइ राख्ने र सीमा विवाद अन्त्य गर्न सकारात्मक परिस्थिति पैदा गर्न दुवै पक्ष अगाडि पनि सर्वसम्मतिबाट सीमाका विषयमा छलफल गर्दै जानुपर्छ।’
ब्रिटिसको समयदेखि नै भुटानीलाई उसको विदेश सम्बन्धलाई सधैं भारतले नै गाइड गर्दै आएको छ। वास्तवमा भुटान अहिले पनि पूरै भारतमा निर्भर छ। यद्यपी दोकलाम घटना निन्द्राबाट ब्यूँझिने संकेत हो।
भुटानी समाचारपत्रले दुवै देशबीच के विषयमा छलफल भयो भन्ने नखुलाइ भेटवार्ता मात्र भएको समाचार सम्प्रेशण गरेका छन्। ऐतिहासिक रुपबाट भुटान र चीनबीच बलियो सांस्कृतिक र आर्थिक सम्बन्ध छ। तर ब्रिटिसको समयदेखि नै भुटानीलाई उसको विदेश सम्बन्धलाई सधैं भारतले नै गाइड गर्दै आएको छ। वास्तवमा भुटान अहिले पनि पूरै भारतमा निर्भर छ। यद्यपी दोकलाम घटना निन्द्राबाट ब्यूँझिने संकेत हो।
भुटान दुई शक्तिशाली देशबीच गोलीबारीबीच आफ्नोमा रगत बगेको देख्न चाहँदैन। मुख्य प्रश्न के हो भने चीनसँग आफ्नो सीमालाई लिएर भुटान कहिलेसम्म नियन्त्रित भइरहन्छ र भारतको सामरिक आवश्यकतालाई कहिलेसम्म चुपचाप स्वीकार गरिहन्छ?
दोकलाम चीनकालागि आवश्यक छ। किनभने यो ठाउँ सामरिक कमजोरीले तीनतिरबाट घेरिएको छ। उता भारतकालागि पनि यो स्थिति सिलगुढी करिडोरमा स्थित चिकन नेकमा छ। जहाँ चीन अस्वीकार्य लाभको स्थितिमा छ। यो भारतलाई पूर्वोत्तर भारतसँग जोड्ने भूभाग हो।
यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने २०१७ मा दोकलाम विवादका क्रममा भुटानबाट पनि केही यस्ता आवाज उठेका थिए जसमा दोकलामलाई लिएर भारतको सामरिक आवश्यकतालाई प्राथमिकता दिने विषयमाथि प्रश्न उठाइएको थियो।
त्यसपछि चीनले जब भुटानसँग आफ्नो वार्षिक छलफल रद्द गर्यो तब पनि नकारात्मक प्रतिक्रिया आएका थिए। अहिले दोकलामको महत्वलाई लिएर भारत र भुटानबीच स्पष्ट असहमति भएको कुरा कसैबाट पनि लुकेको छैन्।
खासगरी चीनसँग सीमा विवाद हल गर्न भुटान माथि आन्तरिक दबाव बढिरहेको छ। युवा पिढी सामाजिक संजालमा चीनसँगको सीमा विवादका विषयमा रणनीतिक समझदारीलाई लिएर प्रश्न गर्ने गरेका छन्।
भुटानको चारवटा सीमा क्षेत्रमा चीनको आक्रमण र ठूला संरचना निर्माणका विषयमा जनस्तरबाट व्यापक प्रश्न उठ्न थालेको छ। त्यही भएर पनि भुटान चीनसँगको सीमा विवाद सल्टाउन चाहन्छ। भुटान यतिबेला चुनावतर्फ अगाडि बढिरहेको छ। त्यही भएर भुटानको घरेलु राजनीतिमा चीनसँगको सीमा विवादलाई पनि मुद्दा बनाइने संभावना छ।
चिनियाँ उपविदेशमन्त्री कोङको भुटान भ्रमण निश्चित रुपले दक्षिण एसियाली राजनीतिमा परिवर्तनको संकेत हो। खासगरी दोकलामको घटना र तीनै देशमा परेको त्यसको प्रभावका विषयमा।
यद्यपी भारत र चीनबीच सहमति भएपछि दुवै पक्षका सेना पछि हेटेका छन् भने त्यहाँ कुनै पनि संरचनाको निर्माण नहुने सहमति भएको छ। अहिले चीनका मेशिन र मजदुर फिर्ता भइसकेका छन्।
चीनले पहिलाको तुलनामा दोकलामको झन ठूलो इलाकामा आफ्नो कब्जा जमाएको छ। प्रभावशाली रुपबाट चीनसँग सीमा विवादको विषयमाथिको छलफलमा भुटानले लाभ पाउने स्थिति कम भएको छ। प्रश्न के होभने भुटानी अधिकारी र सीमावती क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई के सन्देश गइरहेको छ? दोकलाम विवादपछि यसलाई लिएर कुनै संन्देह छैन की चीनको सडक निर्माण गतिविधिका कारण पश्चिमी भुटानमा सामान्य परिवर्तन बाहेक वर्तमान स्थितिबाट पछि हट्ने छैन्।
एउटा सानो दक्षिण एसियाली मुलुकको इन्जिनको रुपमा चीन भारतको छिमेकमा आफ्नो गतिविधि बढाइरहेको छ। अन्तिममा, भारत दक्षिण एसियाको एकमात्र यस्तो देश हो जसले चिनियाँ राष्ट्रपति शि जिनपिङको महत्वकाँक्षी बेल्ट एण्ड रोड परियोजनाको खुलेर विरोध गरिरहेको छ। भारतको विरोधले चीन पक्कै पनि रिसाएको छ। र उनले यसलाई प्रभावशाली तरिकाले जनाउ पनि दिइसकेको छ।
दोकलाम बनाउँदै गरिएको सडक त्यस्तै प्रकारको विकासको ढाँचा हो जसलाई बीआरआईसँग जोड दिएको छ। चीनले जारी गरेको विज्ञप्तिका अनुसार कोङको भुटान भ्रमणका क्रममा भुटानले चीनको विकास उपलब्धिको प्रसंसा गर्नुका साथै राष्ट्रपति शि जिनपिङले अगाडि बढाएको वन बेल्ड, वन रोड परियोजनाको स्वागत गरेको उल्लेख छ।
त्यस बाहेक भुटानले विश्व शान्ति,समृद्धि र विकासलाई अगाडि बढाउन चीनको योगदानको पनि सराहना गरेको छ। भुटानले अन्तर्राष्ट्रिय क्षेत्रमा चीनको ठूलो भूमिका निभाएको भन्दै स्वागत पनि गरेको छ।
बीबीसी हिन्दी