२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या

1879 Shares

रुकुम पश्चिम – मुसिकोटमा एकजनाले खुकुरी प्रहार गरी श्रीमतीको विभत्स हत्या गरेका छन् । मुसीकोट नगरपालिका ३ का २७ वर्षीय नवीन खड्काले २६ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको हत्या गरेका हुन् ।

सोमबार बेलुकी ८ बजे खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

मदिरा सेवन गरेका नवीनले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । घटना लगत्तै फरार नवीनलाई राति २ बजेतिर घर नजिकैको जंगलबाट पक्राउ गरेको डिएसपी खड्काले बताए ।

श्रीमतीलाई काटेर टाउको, शरीर छुट्टाछुट्टै झ‍ोला र थैलामा हालेर फाल्ने बेला छ‍ोराछोरी कराएपछि गाउँलेले थाहा पाएका थिए ।

प्रतिक्रिया