
दक्षिण काेरिया- “हामी नेपाली ग्लोबल”ले दक्षिण काेरिया शाखालाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय उपाध्यक्ष टेक लामा वाइबाले कार्य समितिका पदाधिकारीहरुलाइ सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गर्नु भएको हाे ।
दक्षिण काेरियाकाे फेन्तेकमा अायाेजित उक्त कार्यक्रममा बाेल्दै केन्द्रीय उपाध्यक्ष लामाले हामी नेपाली ग्लाेबल संस्था अरु संस्थाहरु भन्दा धेरै कुराले फरक भएको भन्दै सस्थाले लक्ष्य प्राप्ति काे लागि विश्वभर सञ्जाल विस्तार गरिरहेकाे बताउनु भयो । विश्वभर रहेका नेपालीहरुलाइ एकताबद्व बनाएर देश विकासमा जाेडन सस्थाले धेरै उदेश्यहरु बाेकेकाे भन्दै हामी नेपालिमा आबद्द हुन सबैलाई अाग्रह समेत गर्नुभयो ।
लामा यहि कार्यक्रमकाे लागि अमेरिका बाट शनिबार साझ मात्रै दक्षिण काेरिया पुग्नु भएको थियोे ।कार्यक्रममा कन्सुलर आदर्श केसीले विषय वस्तुमा प्रस्ट पार्दै काेरियामा हामी नेपाली ग्लाेबलले गति लिदै गएको बताउनु भयो । बिधान र केन्द्रीय नीति अनुसार अझै काेरिया च्याप्टर सकृय हुने कन्सुलर केसिले बताउनु भयो ।
कार्यक्रममा राप्ती समाज दक्षिण काेरियाका अध्यक्ष दिल माेहन पुन,गैर अावासिय नेपाली सघका एसिया उपसंयाेजक विनाेद कुँवर,एनआरएन दक्षिण काेरियाकाे अागामि अधिबेशन का अध्यक्ष प्रत्यासि बुद्धि गुरुङ,दक्षिण काेरिया हामी नेपाली ग्लाेबलका सल्लाहकार लक्ष्मण पाैडेल लगाएतकाे सहभागीता रहेको थियो ।
यसै विच हामी नेपाली ग्लाेबल दक्षिण काेरियाकै अायाेजनामा तिज विशेष दर खाने कार्यक्रम समेत अाइतबार सम्पन्न भएको छ ।
कार्यक्रमकाे उद्घाटन केन्द्रीय उपाध्यक्ष टेक लामा वाइबाले गर्नुभएको थियोे ।कार्यक्रममा करिव दुई सय पचास बढि महिला तथा पुरुष हरुकाे सहभागीता रहेको थियोे । दिनभर दर खाने र विभित्र साँस्कृतिक गित संगितमा नेपाली हरु रमाइलो गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष भवानी घिमिरेले गर्नु भएको थियो भने संचालन महासचिव अाेमलाल अाेलि र कार्यक्रमकाे अध्यक्षता अध्यक्ष अम्बिका डिसि पार्कले गर्नु भएको थियाे।
अमेरिकामा केन्द्रीय कार्यालय रहेको हामी नेपाली संस्था जात,धर्म र राजनीति बाट अलग रहने मुल मर्मका साथ हाल विश्वका ५० बढि देशमा आफ्नो सम्पर्क विस्तार गरेको छ ।