२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

धादिङमा जिप दुर्घटना : १४ जना घाइते

1983 Shares

धादिङ – धादिङको ज्वालामुखी–६ धौखोलामा बोलेरो दुर्घटना भएको छ । ज्वालामुखी–५ खरिबाट सदरमुकाम आउँदै गरेको ग १ ज ५४३१ नम्बरको बोलेरो जिप सडकबाट ५ मिटर तल खस्दा १४ जना घाइते भएका छन् ।

घाइतेमध्ये एकजनाको स्थिति गम्भिर भएको कारण उपचारका लागि काठमाडौको ट्रमा सेन्टर लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

गम्भिर घाइते हुनेमा ज्वालामुखी ५ खरिकी काली गुरुङ रहेकी छिन् । उनको टाउकोमा चोट लागेको कारण उपचारको लागि काठमाडौं पुर्‍याइएको हो । क्षमताभन्दा बढी यात्रु र बिग्रेको सडकका कारण दुर्घटना भएको हो ।

दुर्घटनामा ज्वालामुखी ५ खरीका २९ वर्षीय सोमबहादुर मगराती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का, २५ वर्षीय गीता रोक्का, २२ वर्षीय धनबहादुर दुवाडी, ६ वर्षीय रोचिता गुरुङ घाईते भएका छन् ।

त्यस्तै १० वर्षीय सरिता रोक्का, १० वर्षीय पार्वती नेपाली, ५० वर्षीय १० वर्षीय सुनिल बालकोटी, १७ वर्षीय सरस्वती गुरुङ, नीलकण्ठ नगरपालिका २ साखुका १३ वर्षीय सिर्जना नेपाली घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । उक्त बोलेरोमा कतिजना यात्रु थिए भन्ने एकिन विवरण अझै नआइसकेको डिएसपी खड्काले बताए ।

प्रतिक्रिया