
काठमाडौं – सोमबार नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज । तिज पर्वको अवसरमा महानगरीय ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ ।
प्रहरीले सोमबार चक्रपथभित्र सवारी यातायात सुचारु गर्ने तर पशुपतिनाथमा दर्शनार्थीका चाप अत्याधिक भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गर्ने जनाएको छ ।
ट्राफिक प्रहरीले मालबाहक सवारी साधनहरू, यात्रुबाहक सवारी साधनहरू चल्ने रूट व्यवस्थापन गरेको छ । तिजका अवसरमा हुनसक्ने भीड लक्षित गरी ट्राफिक प्रहरीले वैकल्पिक मार्गको पनि व्यवस्था गरेको छ ।
रोक लगाइएको ः
– चावहिलबाट गौशाला तर्फ ।
– पुरानो बानेश्वरबाट गौशाला तर्फ ।
– ज्ञानेश्वर मैतिदेवी मोडबाट रातोपुल हुँदै गौशाला तर्फ ।
– द्धारीका होटलको उत्तर तर्फको शाखा मार्ग ।
– सिफल चौरबाट जयबागेश्वरी तर्फ ।
– लामापोखरी कुटुवहालबाट मित्रपार्क तर्फ ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क तर्फ ।
– तिलगंगाबाट गौशाला तर्फ ।
– मालबाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल, तिलगंगा तर्फ ।
– जोरपाटी नारायणटारबाट करिडोरबाटो हुँदै आउने मालवाहक सवारी साधनहरू गौरीघाट तर्फ ।
– सिनामंगल पुलबाट करिडोरको बाटो हुँदै होटल महाराजा निस्कने मार्ग ।
– जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चे पाटीबाट चावहिल तर्फ ।
– तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिलतर्फ
सवारीमार्ग व्यवस्थापन
बस तथा माइक्रो बस ः
– पुरानो बसपार्क – भद्रकाली – सिंहदरबार – माइतीघर – नयाँबानेश्वर – तिनकुने – सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र यही बाटो हुँदै पुरानो बसपार्क फिर्ता हुने ।
– पुरानो बसपार्क – भद्रकाली – नागस्थान – भोटाहिटी – जमल – केशरमहल – खानीविभाग – लाजिम्पाट – नारायणगोपाल चोक – चावहिल – बौद्ध – जोरपाटी – साँखुसम्म पुग्ने र यही मार्ग हुँदै जमलसम्म र त्यसपछि महेन्द्र शालिक तीनधारा पाठशाला हुँदै पुरानो बसपार्क फिर्ता हुने ।
– कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानी विभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने ।
माइक्रो बस तथा टेम्पो ः
– सुन्धाराबाट मैतीदेवी – पुरानो बानेश्वर – चावहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रो बस तथा टेम्पोहरू महेन्द्र शालिक – कृष्णपाउरोटी – जय नेपाल – सिंह दोबाटो – नक्साल, भगवतीबहाल – सानोगौचरण –सिफल उकालो – लामपोखरी – गणेशस्थान – चावहिल हुदै जोरपाटी चलाउने ।
– जोरपाटी – बौद्धबाट सुन्धारा आउने माइक्रो बस तथा टेम्पोहरू चावहिल –नारायणगोपाल चोक – लाजिम्पाट – केशरमहल – जमल – घण्टाघर हुँदै सुन्धारा चलाउने ।
मालवाहक सवारी साधन ः
– जोरपाटी – बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालवाहक सवारी साधनहरू चुच्चेपाटी – भृकुटीचोक, गोपीकृष्ण हल हुँदै सुकेधारा – महाराजगञ्जतर्फ जानु पर्ने ।
– कोटेश्वर – तीनकुने – गौशाला हुँदै बौद्ध वा सुकेधारातर्फ जाने मालवाहक सवारी साधनहरु कोटेश्वर – सातदोबाटो – कलंकी – महाराजगञ्ज र बौद्ध जाने मालवाहक सवारी साधन गोपीकृष्ण हल – कपन – महाँकाल – चुच्चेपाटी हुँदै बौद्धतर्फ जाने ।
– कोटेश्वर तीनकुने हुँदै पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी साधनहरू गैरीगाउँमा मेला अवधिभर कुर्नुपर्ने ।
– महाराजगञ्ज – चावहिल हुँदै पशुपती वरपर पुग्नुपर्ने मालवाहक सवारी साधन बसुन्धारामा मेला अवधिभर कुर्नुपर्ने ।
– कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध – जोरपाटी जाने मालवाहक सवारी साधनहरू जडिबुटी – पेप्सीकोला – गोठाटार पुल हुँदै जोरपाटीसम्म पुग्न सक्ने ।
पार्किङ व्यवस्थापन ः
तिलगंगा – दर्शनार्थी, तीर्थयात्री र विदेशी पर्यटक (तिलगंगा आँखा अस्पताल छेउ)
तिलगंगा चोक – स्थानीय दर्शनार्थीका सवारी साधन ।
सिफलचौर – स्थानीय दर्शनार्थीका सवारी साधन ।
गुहेश्वरी पारी – वागमती कोरिडोर र जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधन ।