
दाङ – थारु समुदायको दोस्रो ठूलो चार्ड अट्वारीका अवसरमा आज प्रदेश नं ५ ले सार्वजनिक विदा दिएको छ।
दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायतका जिल्लामा थारु समुदायको बाक्लो बसोबार रहेका कारण उनीको पर्वलाई मध्यनजर गर्दै प्रदेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको हो।
प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका अधिकृत माधव शर्माले विज्ञप्ति जारी गर्दै आइतबार सार्वजनिक बिदाको घोषणा गरेका छन्।
थारु समुदायले कुशै औंशीपछिको पहिलो आइतबार अर्थात आजका दिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरुको कल्याण भएको धार्मीक विश्वास अनुसार सूर्यको पूजाआराधना गरी यो पर्व मनाउँदै आएका छन्।
यस्तै महाभारतको कथा अनुसार पाण्डव मध्येका भीम रोटी पकाउँदा पकाउँदै कौरवहरुसँग युद्ध लड्न गएका र युद्ध लडेर फर्किदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती अनुसार आज दिनभरी थारु समुदायका पुरुषहरु व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजाआजा गर्दछन्।