२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

पहिरोले घर पुरिँदा एकै परिवारका तीन आमाछोरीको मृत्यु

578 Shares

जाजरकोट – भेरी नगरपालिका–२ तिमीलेमा पहिरोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

गएराति पौने १ बजेतिर पहिरोले घर पुरिँदा आमा पार्वती वली, छोरीहरु मोतीकला र धनसराको ज्यान गएको जाजरकोटका प्रहरी नायव उपरीक्षक श्याम खत्रीले जानकारी दिए । पार्वतीका श्रीमान बलबहादुर भने सकुशल रहेको नायव उपरीक्षक खत्रीले बताए ।
जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीको टोली उद्धारका लागि टोली खटिएको छ ।

प्रतिक्रिया