२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

यातायात कार्यालय धनगढीका प्रमुख र दुई अधिकृत घुससहित पक्राउ

1540 Shares

धनगढी — यातायात व्यवस्था कार्यालय धनगढी कैलालीका प्रमुख गम्भीरसिंह बिष्टसहित तीन अधिकृतलाई अख्तियारको टोलीले घुससहित कार्यालयबाटै पक्राउ गरेको छ ।

बिहीबार साँझ कार्यालय प्रमुख बिष्ट, शाखा अधिकृतहरु भुवन जोशी र जयराज कारिगरलाई अख्तियारको महेन्द्रनगर कार्यालयको टोलीले पक्राउ गरेको हो। आयोगका कर्मचारीले उनीहरुबाट १ लाख ६६ हजार बरामद गरेका हुन्। उनीहरुले गाडी नामसारी गर्दा रकम लिएको बुझिएको छ।

प्रमुख बिष्ट यसअघि नै संघमा समायोजन भएर बझाङको स्थानीय तहमा कार्यकारी अधिकृतमा सरुवा भइसकेका थिए। यातायात कार्यालयमा काजमा बस्दै आएका उनले पछिल्लो पटक पनि म्याद थप गराएर काजमै बसेको एक कर्मचारीले बताए। उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ।

प्रतिक्रिया