२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

रोटरी क्लब पाटनद्वारा ४०० विद्यार्थीलाई छात्रवृत्ति

1442 Shares

काठमाडौं, भदौ १२ । रोटरी क्लब पाटनले ललितपुरका २७ ओटा सरकारी स्कुलका ४०० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ ।

रोटरी क्लब अफ पाटनको ३४औं ‘चार्टर्ड डे’का अवसरमा कक्षा–७ देखि १२ कक्षासम्मका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सरस्वती गोविन्द फाउन्डेसनले १० लाख रुपैयाँ प्रदान गरेको हो ।

सो फाउन्डेसनले हरेक वर्ष १० लाख रुपैयाँ छात्रवृत्तिका लागि दिँदै आएको र क्लबले २८ वर्षदेखि सो व्यवस्था गर्दै आएको जनाइएको छ ।

यसैबीच, रोटरीयन तथा सो संस्थाका इन्जिनियर प्रमुख निर्मल के. प्रधानाङ्गले २० जना दृष्टिविहीन तथा कर्णाली सेकेन्डरी स्कुलका दृष्टिमा समस्या रहेका विद्यार्थीका लागि आवश्यक सामग्री हस्तान्तरण गरे ।

यस्तै, भुस्याहा कुकुरको व्यवस्थापन र स्वास्थ्य उपचारका लागि डा. मुक्ति नारायण प्रविना फाउन्डेशनको सहयोगमा कोषसमेत गठन गरिएको छ ।

प्रतिक्रिया