२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

तथ्याङ्क विभागका महानिर्देशक अर्याल समक्ष सानले बुझायो ज्ञापन पत्र, यस्ता छन् माग

1191 Shares

काठमाडौं – स्टाटिस्टीक स्टुडेन्ट एसोसिएसन अफ नेपाल (सान)ले तथ्याङ्क विभागबाट गरिने विभिन्न सर्वेक्षण र अनुसन्धानहरुमा तथ्याङ्क शास्त्रीहरुको नेतृत्व तथा सुपरीवेक्षणमा  विवरण संकलन गराउनु पर्ने माग राख्दै तथ्याङ्क विभाग थापथलीमा ज्ञापना पत्र बुझाएको छ । सानका अध्यक्षको नेतृत्वमा गएको उक्त टोलीले तथ्याङ्क विभागका महानिर्देशक सुमन अर्याल समक्ष ज्ञापन पत्र बुझाएको हो ।

सानले बुझाएको ज्ञापन पत्रमा भनिएको छ देशमा नयाँ योजना र विकासका खाका तय गर्नुपूर्व उक्त बिषयसँग सम्बन्धीत यर्थाथ र भरपर्दो तथ्याङ्क विवरण आवश्यक पर्ने हुन्छ । तथ्याङक विदहरु उत्पादन गर्ने देशकै एक मात्रै तथ्याङशास्त्र केन्द्रीय विभागबाट बर्षेनी ५० विधार्थी उत्पादन भइरहेको छ र तर त्यो जनशक्तिलाई सदुपयोग गर्न नसक्नु दुःखद कुरा हो । यस्ता बिषयहरुमा सिविएस र सिडिएस बिच समन्वय भई उत्पादित जनशक्तिको समेत सदुपयोग गर्न विभाग समक्ष ध्यानाकर्षण गराईएको छ ।

ज्ञापन पत्र बुझ्दै महानिर्देशक अर्यालले सिविएस र सिडिएस बिचको सहकार्यलाई आगामी दिनमा अझ मजवुद गराउर्दै, इन्टनसिप मा समेत सहभागी गराउन विभाग तयार रहेको जानकारी दिए । उनले भने ‘विभागबाट हुने अध्ययन अनुसन्धानका तथ्याङ्क, जनगणना, सर्वेक्षण लगाएतका बिषयहरुमा योग्यता र क्षमतका आधारमा तथ्याङ्कशास्त्री र यसै बिषयसँग सम्बन्धीत आउदै गरेका नयाँ विधार्थीहरुलाईनै तथ्याङ्क संकलनको नेतृत्व एव्म सुपरीवेक्षणमा समावेश गराईने छ ।’

महानिर्देशक अर्यालले हिजोका दिनहरुमा जनशत्तिको अभाव लगाएतका केही समस्याहरुका कारण त्यस्तो परेको हनसक्ने औल्याउर्दै आगामी दिनहरुमा त्यस्तो समस्या हटेर जाने दावी गरे ।

त्यस्तै सानका अध्यक्ष सतिस आचार्यले सरकारी निकायबाट हुने तथ्याङ्क संकलनहरुको नेतृत्वमा मा तथ्याङ्कशास्त्री नभई अन्य विभिन्न क्षेत्रका व्यक्तिहरुको संङ्लग्नता पाइएकोले त्यस्ता व्याक्तिहरुबाट आउने तथ्याङ्क भरपर्दो नहुने भन्दै तथ्याङ्कशास्त्रीहरुकै नेतृत्वमा गराउनु पर्ने माग स्वरुप यो ज्ञापन पत्र बुझाएको जानकारी दिए । उनले अध्ययन अनुसन्धानका तथ्याङ्हरु, जनगणना, सर्वे लगाएतका कार्यहरुमा राजनीति पँहुचका भरमा विवरण संकलनको नेतृत्व कर्ता  तोक्ने कार्य हुँदै आएको भन्दै त्यसलाई रोक्नु पर्ने धारणा राखे । उनले भने ‘विश्वविद्यालयले बर्षेनी यत्रो तथ्याङ्कशास्त्री, विदहरु उत्पादन गर्छ तर जसको काम हो उसले नपाएर कोही राजनीति दलका मान्छेहरुले गाँउ गाँउमा तथ्याङ्क विवरणको नेतृत्व तथा सुपरीवेक्षण गरेको देखिन्छ यसले देश र सिस्टम कता लादैछ हाम्रो प्रश्न हो । के त्यसरी तथ्याङक विवरणहरु सही र यर्थाथ आउछन त ? भरपर्दो नजिदा आउता त ? त्यसैले यसबारे विभाग गम्भिर होस र योग्यता क्षमता र कार्यकुशलताका आधारमा तथ्याङ्कशास्त्रीहरुलाई नै संलङ्ग्न गराउ भन्ने हाम्रो माग हो ।’

अध्यक्ष आचार्यले बर्षेनी योग्यता क्षमता भएका विधार्थीहरुनै विदेशीने क्रम किन बढ्यो भन्ने प्रश्नको उत्तर नै यही भएको बताए । उनले भने ‘जहाँ जसले काम गर्नु पर्ने हो । उसलाई अवसर छैन , अन्य विधाका व्याक्तिले विभिन्न पँहुच र पावरका भरमा तथ्याक संकलनको नेतृत्व तथा सुपरीवेक्षण गर्छन अनि तथ्याङ्कशास्त्रीले के काम गर्ने ? देशमै आफ्नो क्षेत्रमा काम गर्ने अवसर नपाएपछि विदेशीनुको विकल्प देख्दैनन् त्यसैले सम्बन्धीत बिषयको जानकार र सम्बन्धीत बिषयको कोर्स गरेको व्याक्तिले अवसर पाउनु पर्छ ।यसतर्फ सरकार र सम्बन्धीत निकायको ध्यान जाओस

प्रतिक्रिया