२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

पहिराेले बेनी-जोमसोम सडक अवरुद्ध

964 Shares

मुस्ताङ : बेनी-जोमसोम हिलाम्मे सडकमा मुस्ताङ गन्तव्य बनाएर हिँडेका सवारी साधनलाई सकस परेको छ। सडकको म्याग्दी खण्डमा सास्ती भएको हो। राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको म्याग्दी खण्डको आधा दर्जन स्थानमा सडक हिलाम्मे भएको करिडोर सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। अहिले म्याग्दीको दानामा गएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ।

बेनी-जोमसोम ७६ किलोमिटर सडकखण्डको दोश्रो प्याकेज अन्नपूर्ण गाउँपालिका दाना, रुप्से झरना र काभ्रेभीरमा सडक हिलाम्मे भएको शेरचनको भनाइ छ। म्याग्दीको भुरुङ तातोपानी देखि मुस्ताङको कोवाङ सम्म २ वटै प्याकेजको काम शर्मा गजुरमुखी जेभीले लिएको छ।

सवारी चालक कृष्णमोहन नेपालीले निर्माणधिन सडकमा करिडोरको मेशिनले खनेकाले थप सडक बिग्रिएको बताए। अर्का चालक बुद्ध गुरुङले सडक हिलाम्मेका कारण दिनहु सवारी फस्ने गरेको दुःखेसो गरे।

प्रतिक्रिया