२०८०, १९ मंसिर मंगलवार
×

ट्रेन्डिङ

रोल्पामा वडा कार्यालयमा बम विस्फोट

2488 Shares

रोल्पाको परिवर्तन गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा बम विस्फोट तथा आगजनी गरिएको छ।

अघिल्लाे राति गरिएको आगजनीबाट कार्यालयमा रहेका कागजपत्र जलेर नष्ट भएका स्थानीयले जनाएका छन्।

घटना कसले र किन गराएको भन्नेबारेमा स्पष्ट हुन सकेको छैन। तर, विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सो घटना गराएका आशंका गरिएको छ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले अज्ञात समूहले वडा कार्यालयमा बम विस्फोट गराउने प्रयास गरेको र विस्फोट नभएपछि ढोकामा आगजनी गरेको बताए। तर, स्थानीयले आगो निभाएका कारण कुनै नोक्सान नभएको प्रजिअ ढकालले दाबी गरे।

प्रतिक्रिया