काठमाडौं – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीले गरेको अनुसन्धान र लगाएको आरोपमा चितवन जिल्ला अदालतले शंकैशंका गरेको छ।
मुख्य न्यायाधीश हेमन्त रावलले सोमबार साँझ गरेको थुनछेक आदेशमा पुडासैनीले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियो अरु कसैले खिचेको आशंका गरिएको छ।
यसैगरी भिडियो खिचिएको समय र पुडासैनी झुन्डिएको समयमा धेरै फरक देखिन सक्ने अवस्था भएकाले यसलाई मृत्यु लगत्तै अगावै रेकर्ड गरिएको मान्न सक्ने अवस्था नभएको र यसलाई ‘डाइङ डिक्लरेसन’ पनि भन्न नमिल्ने अवस्था भएको आदेशमा उल्लेख छ।
अनुसन्धानमा प्रहरीले रेकर्ड गरिएको उक्त भिडियोबाहेक प्रमाणका रुपमा अरु केही पेश गर्न नसकेको र भिडियोलाई ‘डाइङ डिक्लरेसन’ भन्न नमिल्ने अवस्था रहेको न्यायाधीश रावलले आदेशमा उल्लेख गरेका छन्।
भिडियो रेकर्ड हुँदा पुडासैनीले अर्को कुनै व्यक्तिको सहयोग लिएको अदालतको ठहर छ।
‘भिडियो रेकर्डको अन्त्यमा मृतक शालिकराम पुडासैनीले आफ्नो दुवै हात जोडेर आफ्ना बृद्ध बुवा, आमा र पत्नीलाई आफूले आत्महत्या गर्नुको कारण र दुखको पश्चाताप बोध गरी क्षमायाचना गर्दै दुवै हात जोडेर प्रमाण, दण्डवत गरेको अवस्थाले सो भिडियो आफैँले एक्लैले खिचेको भन्ने देखिएन,’ आदेशमा छ।
‘अतःघटनास्थलमा मृतकबाहेक अर्को व्यक्ति पनि भएको अवस्थामा मृत्युकालीन घोषणापछि आत्महत्या गर्दा घटनास्थलमा रहेको अर्को व्यक्तिले निजलाई आत्महत्या गर्नबाट रोक्न, बचाउन, हारगुहार गर्नसक्ने तत्कालीन विद्यमान अवस्थामा सो भएको नदेखिनुले भिडियो रेकर्डको लगत्तै निजले आत्महत्या गरेको नभई सो भिडियो रेकर्ड गर्दाको निजको मनस्थिति र निजले आत्महत्या गर्दाको परिस्थितिको निरन्तरता थियो भन्ने कुरामा भिडियो रेकर्ड गर्दाको अवस्थामा निज भित्री वस्त्रमा देखिएको अवस्थामा र आत्महत्या गर्दा निजको झुन्डिएको लासमा पाइन्ट, सर्टसहितको पहिरनमा देखिएको अवस्थाले निजको परिस्थितिको बदलाको अवस्थापछिको मृत्युकालीन घोषणालाई‘। निर्णायक प्रमाणका रुपमा ग्रहण गर्न नसकिने अवस्थामा‘। ,’ अदालतले आदेशमा भनेको छ।
चितवन जिल्ला अदालतको आदेशको पूर्ण पाठ यस्तो छ