762
Shares

चितवन– चितवन जिल्ला अदालतको आदेशमा पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका रवि लामिछानेले शालिकराम पुडासैनीबारे भने कार्यक्रम चलाउन नपाउने भएका छन्।
न्यूज २४ टिभीमा ‘सिधा कुरा जनतासँग’ चलाउने रवि लामिछानेले उनी पनि अभियुक्तका रुपमा जोडिएको शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा भने कार्यक्रम चलाउन नपाउने चितवन जिल्ला अदालतको आदेशमा उल्लेख छ। उनले अदालतको अनुमतिमा विदेशयात्राको अनुमति भने पाउनेछन्।
पुडासैनी आत्महत्या प्रकरणमा रवि ५ लाख, युवराज कँडेल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका छन्।