२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

नाडा अटो शो आजदेखि शुरु

1599 Shares

काठमाडौँ,

यो वर्षको सवारी साधनहरुको कुम्भ मेला अर्थात् नाडा अटो शो आजदेखि शुरु हुने भएको छ । नाडा अटो मोबाईल्स नेपालको आयोजनामा नाडा अटो शो कोे १४ औं संस्करण आजदेखि भदौ १६ गते सम्म हुने जानकारी दिएको हो ।

आयोजकले यो अटो शो मा बिगतमा भन्दा धेरै सहभागिता हुने बताएको छ । यो वर्षको प्रदर्शनीमा ४ पाँग्रेका २३ वटा ब्राण्डका गाडीहरुको प्रदर्शनी हुने भएको छ । यस्तै अटो शो मा १९ वटा ब्रान्डका २ पांग्रे, १२ वटा ब्रान्डका लुब्रिकेंट लगायतको सहभागिता हुने मेला आयोजक समितिका संयोजक निराकार श्रेष्ठले जानकारी दिनु भयो । मेलामा बीमा कम्पनि, बित्तिय संस्थाका छुट्टाछुट्टै स्टल रहने पनि संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।

यो वर्षको प्रदर्शनी अन्य वर्षहरु भन्दा विशाल र भव्य हुने आयोजकले दावी गरेको छ । यस ब्यबसायसँग सम्बन्धित ब्यबसायी तथा सेवामुलक संघसंस्थाको चासो र सहभागिता हरेकवर्ष बढ्दै गएको छ । सवारी साधन सम्बन्धि चासो राख्ने ग्राहक र ब्यबसायीलाई आवश्यक सम्पूर्ण जानकारी यो मेलामा पाइने संयोजक श्रेष्ठले दावी गर्नु भयो । मेलाको अहिले केहिबेरमा उदघाटन हुने कार्यक्रम छ ।

प्रतिक्रिया