
काठमाडौं । आत्महत्या दुरुत्साहनको अभियोगमा थुनामा रहेका कार्यक्रम प्रस्तोता रवि लामेछाने अदालतले धरौटीमा रिहा गरेको छ । सोमबार जिल्ला अदालत चितवनले रविलाई धरौटीमा रिहा गरेको हो । उनलाई पाँचलाख धरौटीमा रिहा बेलुका नै रिहा गरिएको थियो । रिहा भएलगत्तै उनले सञ्चारकर्मीसँग कुरा गर्दै देश विदेशमा रहेका शुभचिन्तकलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्–सम्मानित अदालतको आदेश हामी सबैले मान्नैपर्छ । मैले पनि सम्मानित अदालतको आदेशलाई सम्मान गर्छु ।”
रविले आज बिहान पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने र दिउँसो चितवनमा सम्बोधन गर्ने बताएका छन् । पत्रकार शालिकराम पुडासैनीले चितवनमा साउन २० गते आत्महत्या गरेका थिए । आत्महत्याअघि उनले मोबाइलमा रेकर्ड गराएको भिडियोमा रवि लामिछानेसहित तीनजनालाई दोषी देखाएका थिए । सोही आधारमा पक्राउ परेका रविलाई १० दिन हिरासतमा राखिएको थियो ।