२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

पेनाल्टिको गोलले दक्षिण कोरिया स्वीडेनसँग पराजित

1659 Shares

काठमाडौं । एसियाली मूलुक दक्षिण कोरिया स्वीडेनसँग पराजित भएको छ । विश्वकप फुटबल प्रतियोगितामा कोरिया स्वीडेनसँग १–० ले पराजित भएको हो ।

पेनाल्टिको गोलबाट स्वीडेनले ग्रुप स्टेजको आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगीएको थियो ।

दोस्रो हाफको ६२ औं मिनेटमा कोरियाली डिफेन्डर किम मिन उले स्वीडेनका खेलाडीलाई डिबक्स भित्र लडाएपछि रेफ्रिले भिडियो असिसटेन्ट रेफ्रीको सहयोगमा पेनाल्टि दिएको थियो ।

६५ मिनेटमा आन्द्रेस ग्रान्कभिस्टले प्रहार गरेको पेनाल्टि सहजरुपमा गोलमा परिणत भएपछि स्वीडेनले १–० को अग्रता लिएको थियो । त्यसपछि प्रतिस्पर्धात्मक रहेको निर्धारित समयमा दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

अन्तत स्वीडेनको एक गोलनै जितका लागि निर्णायक सावित भयो । यस जितसँगै समुह एफमा स्वीडेन र मेक्सिको समान ३–३ अंक सहित शिर्ष स्थानमा छन् । हार व्यहोरेका दक्षिण कोरिया र जर्मनी समुहको पुछारमा छन् ।

समुहका सबै टोलीले प्रत्येक टोलीसँग एक–एक पटक प्रतिस्पर्धा गर्नेछन् । विजेता र उपविजेता टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया