२०८१, २२ आश्विन मंगलवार
×

ट्रेन्डिङ

कांग्रेस समक्ष पहिलो पटक झुक्यो कम्युनिस्ट सरकार

3178 Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको कार्यशैलीको विरोध गर्दै अवरोध गरेपछि प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको केही क्षणमै स्थगित भएको छ ।

कांग्रेसको विरोधपछि शुक्रबारको बैठक आधा घण्टाका लागि स्थगित भएर सुरु भएको बैठकमा पुनः विरोध जनाएपछि २५ गते १ बजेसम्मका लागि स्थगित भएको हो ।

जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षले संसदमा विरोध जनाएको थियो ।

डा.गोविन्द केसीको जीवनरक्षाको माग र राष्ट्रिय चिकित्सा शिक्षा विधयेक पुरानै पारित हुनपर्ने भन्दै कांग्रेसका दिलेन्द्रप्रसाद बडू, अतहरकमल मुसलमान र पार्वता डिसी चौधरीले संसद्‍मा प्रस्ताव पेस गराएका थिए ।

प्रस्तावलाई बैठकको कार्यसूचीमा नराखिएको भन्दै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए । सरकारले सार्वजनिक महत्त्वको प्रस्तावमा जवाफ नदिएसम्म कांग्रेसले सदन चल्न नदिने अडान लिएको थियो ।

सभामुखले कांग्रेसका सांसदहरूलाई अवरोध नगर्न आग्रह गरे पनि सार्वजनिक महत्त्वको प्रस्ताव बैठकमा छलफल हुनुपर्ने अडान राखेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

कांग्रेसले केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारका गलत क्रियाकलापको शुक्रबारदेखि जोडदार रुपमा विरोध गर्न थालेको छ । कांग्रेसको अडान समक्ष ओली सरकार पहिलो पटक झुक्न बाध्य भएको छ ।

प्रतिक्रिया