भरतपुर महानगरपालिकाभित्रको आन्तरिक किचलो अन्ततः सतहमा आएको छ । मंगलवार आकश्मिक पत्रकार सम्मेलन गर्दै आफ्नो असन्तुष्टि जाहेर गरेकी उप-प्रमुख पार्वती शाह ‘ठकुरी’ ले बुधबार १२ बुदे आरोप-पत्र नै सार्वजनिक गरेपछी महानगरभित्रको आन्तरिक किचलो सतहमा आएको हो ।आफुले खपि नसक्नु पीडा भएर सार्वजनिक सञ्चार माध्यममा असन्तुष्टि जाहेर गर्दा पनि प्रमुख रेनु दाहालबाट कुनै प्रतिक्रिया नआएपछी आम जनतासामु तथ्य कुरो सार्वजनिक गर्न बाध्य भएको शाहको भनाई छ । बिवादका बिषय आन्तरीक रुपमा सुल्झाउन प्रमुखले ईच्छा शक्ति नदेखाएको निश्कर्षमा उप-प्रमुख शाहसहितका कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि पुगेका छन ।
के छ त १२ बुदे आरोप-पत्रमा ?

आरोप-पत्रको पहिलो नम्बर बुदामा लेखा समिति गठन नगरेर अनियमितता गरेको आरोप लगाईएको छ भने दोश्रो नम्बर बुदामा हालसम्म जिन्सी समिति गठन नगरिएको उल्लेख छ । महत्वपूर्ण समिति गठनमा एकलौटी गरिएको र महानगरभित्र चरम आर्थिक अनियमितता हुने गरेको क्रमशः तेस्रो र चौथो नम्बर बुदामा उल्लेख छ । उप-प्रमुख शाहले आस्था र बिचारका आधारमा महानगरभित्र कर्मचारीहरुसमेतलाई दुख दिने गरिएको खुलासा गरेकी छिन ।
बिना प्रसङ्ग घरभाडाको सन्दर्भ उछाल्न लगाएर घट्नाक्रमकै बिषयान्तर गर्न खोजिएको र आगामी दिनमा पनि आफुबाट यस्तो काम नहुने छैठौं नम्बर बुदामा लेखिएको छ । कार्यपालिका बैठकमा प्रमुखले एकलौटी एजेण्डा ल्याउने गरेको र त्यसमा फरक मत राख्दा तुच्छ शब्द प्रयोग हुने गरेको सातौं नम्बर बुदामा शाहले उल्लेख गरेकी छिन ।
महानगरपालिकाभित्र सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिनुपर्नेमा हालसम्म त्यसो हुन नसकेको आरोप उनले लगाएकी छिन । निर्वाचित भएको २ बर्षसम्म कुनै पनि महत्वपूर्ण एजेण्डामा छ्लफल र काम समेत नभएको दाबी गरिएको छ । महानगरलाई राजनीतिक थलो र केन्द्र बनाउन खोजिएको आरोप दसौं नम्बरमा लगाईएको छ । महानगरले अहिले सम्म ल्याएको भनी प्रचार गरिएका योजना कुनै पनि दीर्घकालीन नभएको र सम्पुर्ण कार्यक्रम अघिल्लो (कांग्रेस/माओवादी) सरकारकै पालामा आएको दाबी उप-प्रमुख शाहले गरिन । अघिल्लो सरकारकै बजेटले हालसम्म निरन्तरता पाईरहेको र विकास निर्माणका कुनै काम हुन नसकेको आरोप उहाँको छ ।
आरोप-पत्रको अन्तिम तथा बाह्रौं नम्बर बुदामा स्थानीय सरकार संचालन ऐनमै प्राप्त उप-प्रमुखको अधिकार प्रयोगलाई सहज बनाउन पर्याप्त प्राविधिक तथा कर्मचारीहरु उपलव्ध नगराईएको जिकिर गरिएको छ ।
कांग्रेस चितवनको पनि ध्यानाकर्षण

यसैवीच नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकाभित्र विकसित घटनाक्रमप्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सचिव उत्तम जोशीले एक बिज्ञप्ति जारी गर्दै भनेका छन – ‘नेपाल महिला संघ जिल्ला कार्यसमिति चितवनकी अध्यक्ष एवं भरतपुर महानगरकी उप-प्रमुख पार्वती शाह ठकुरीलाई सामाजिक संजालमार्फत धम्किपुर्ण भाषा प्रयोग गरि त्रासदीपुर्ण वातावरण सृजन गरिएकोप्रती नेपाली कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको छ’।
सचिव जोशीले अघि लेखेका छन : ‘गरिमामय पदमा आसिन जनप्रतिनिधिको मनोवल उच्च रहनुपर्नेमा मनोवल गिराउने प्रयास भएको छ र यस किसिमको कृयाकलापले भरतपुर महानगर र एउटा ईमान्दार जन-प्रतिनिधिको गरिमा घट्न गएको महसुस गरेका छौं’ । कांग्रेसले दोषिमाथी कर्वाहीको माग गर्दै अब उप्रान्त यस्ता हर्कत दोहोरिए कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।