फागुन ६ – लोकप्रिय गायक पशुपति शर्माको गीत लुट्न सके लुट युट्युवबाट हटाउन बाध्य पारिएपछि जनताको मौलिक हक अधिकारको हनन भएको भन्दै आम जनतासंगै बिपक्षी दलले चर्काे बिरोध गरिरहेको छ । तत्कालिन एमालेका कार्यकर्ताहरुले गीतमा भएका शब्दहरुमा घोर आपत्ति जनाएपछि डर र धम्कीकै कारण पशुपतिले गीत हटाएको टिप्पणी भईराख्दा सरकारले आफनो कार्यकर्ता लगाएर पशुपतिलाई गीत हटाउन लगाएको भन्दै नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले गम्भिर आपत्ति जनाएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दे संठगनले ‘लुट्न सके लुट’ गीतलाई बन्द गराएर सरकारले जनताको बोल्न पाउने, बिचार राख्न पाउने, रचना र सिर्जना गर्न पाउने अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको भन्दै घोर भ्रत्सना गरेको हो । ओली सरकारले जनताको नैसर्गिक अधिकारमाथि नै प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ “गीत, संगित र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक र लुटेरा प्रमाणित भएको छ ।
सरकारको आदेशमा कम्युनिष्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो । नेपालमा पशुपतिलाई जसले अपमान गर्छ, उ आफैं सकिएको इतिहास छ ।” बर्तमान समय जनताहरुले भोगेका परिस्थिती र सरकारको अवस्थालाई शब्दमा उतारेको कारण गीतलाई आफुहरुको पुर्ण समर्थन रहेको उल्लेख छ । साथै तरुण दलले गायक पशुपति शर्मालाई सम्मान गर्ने भनी विज्ञप्तिमा उल्लेख छ ।