२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

पशुपतिको गीतलाई लिएर संसदमा घोचपेच ,यसरी हाने कटाक्ष

1865 Shares
Spread the love

फागुन ६-  एउटा गीतले सिंगो राष्ट्र नै हल्लाउन सक्छ भन्ने उदाहरण बनेका छन् गायक पशुपति शर्मा । लोकप्रिय गायकको रुपमा चर्चित पशुपतिको लुट्न सके लुट गीतले नेपालको राजनिती क्षेत्रमा तरंग नै ल्याईदिएको छ । बर्तमान सरकारको गतिविधीदेखि लिएर विभिन्न बिकृती बिसंगतिमाथिको कडा प्रहार गरिएको उक्त गीत हटाउन बाध्य पारिएपछि बिपक्षी दलले पनि सरकारको खुलेर आलोचना गरिरहेको छ । यसैबीच पशुपति शर्माको गीतलाई लिएर नै आज संसदमा सत्तारुढ दल तथा बिपक्षी दलका सांसदहरुबीच घोचपेच नै भएको छ ।
आज बसको प्रतिनिधि सभाको बैठकमा पशुपति शर्माको गीतलाई लिएर घोचपेच भएको हो । सत्तारुढ दल नेकपाका सांसद झपटबहादुर रावल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहबीच यस गीतलाई घोचपेच मात्र होईन बहष नै भयो । कांग्रेसका सांसद अमरेश कुमार सिंहले नेकपाको युवा संगठनसहितको दबाबले गीत हटाउन बाध्य पारिएको भन्दै आलोचना गरे । उनले त शुन्य समयमा बोल्दै गायक पशुपतिलाई २५ हजार नगद पुरस्कार नै दिने घोषणा गरे ।

सिंहले नेकपा सरकारको आलोचना गर्दे व्यग्य प्रहार गरेपछि नेकपाका सांसद झपटबहादुर रावल पनि के कम उनले पनि सिंहलाई भन्न बाँकी राखेनन् । उनले पशुपतिको गीतमाथि सरकारले प्रतिबन्ध नलगाएको दाबी गर्देगायकले अन्जानमा गएको बुझिएको तर सिंहले  गायकलाई पुरस्कार दिने घोषणाले यस्तो गीत गाउनुको रहस्य बुझेको बताए । उनले कांग्रेसको हारलाई स्मरण गराउँदै भने “भगवान् पशुपतिले जोगाउन नसकेको प्रतिपक्षलाई गायक पशुपतिले रक्षा गरुन्” ।

त्यतीमात्र होईन सांसद रावलले सिंहलाई पशुपतिको गीत संसदमा गाए बरु आफनो एक महिनाको तलबै दिन्छु समेत भन्न भ्याए । उनले कांग्रेस सरकारको पालामा ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ गीत गाएको तर नेकपाको सरकार हुदा यमराज, कुकुर र राक्षस जस्ता शब्दको प्रयोग गरेको भन्दै उनले आपत्ति जनाए । उनले पशुपतिको गीतमा भएका शब्दहरुमा आफनो कडा आपत्ति रहेको भन्दै उनको गीतले देश लुट्न प्रेरित गरेको आरोप लगाए ।

प्रतिक्रिया