यतिबेला जन-जनको मनमा बस्न सफल गायक पशुपति शर्मा थप चर्चामा आए “लुट्न सके लुट कान्छा” गीतबाट । उनले आफनो गीतमाफर्त देशमा पछिल्लो समय राजनितीदेखि लिएर विभिन्न क्षेत्रमा कडा शब्दमा व्यग्य प्रहार गरेका छन् । उनको त्यो व्यग्य नेता , मन्त्रीदेखि कार्यकर्तासम्महरुलाई मन परेन । नेकपाका नेता तथा तत्कालिन एमालेका कार्यकर्ताहरुले प्रधानमन्त्रीलाई गीतमाथि प्रतिबन्ध लगाउन दबाब दिएको खबरसंगै पशुपतिले गीत युट्युवबाट हटाए । उनले गीत हटाएपछि सामाजिक सञ्जाल पशुपतिको पक्षमा रंगिए । उता कार्यकर्ताहरुले भने उनलाई कांग्रेसी भन्न समेत भ्याए ।
कांग्रेसको पालामा “मलाई अमेरिका यै” भन्ने गीत गाएको र नेकपाको सरकारको पालामा यस्ता गीत गाएको भन्दै पुरै विश्लेषण गर्दे उनलाई कांग्रेस भएको आरोपसमेत लगाए । यता पशुपतिले भने आफु कुनै राजनिती पार्टीको नभएको जिकिर गरेका छन् । एक अन्तरवार्ताको क्रममा आफुलाई कांग्रेसी भनेको प्रति आपत्ति जनाउँदै उनले अहिलेसम्म आफुले कुनै पनि राजनिती पार्टीको झण्डा बोकेर राजनितीक गीतसमेत नगाएको बताए ।

उनले भने “म एउटा स्वतन्त्र कलाकार हुँ । मैले अहिलेसम्म न कुनै पार्टीको गीत गाएको छु , न कुनै चुनावी सभामा गएर कुनै पार्टीलाई भोट दिउ भनेर गीत गाएको छु । चुनावको बेलामा पनि अब देश र जनताले जित्नु पर्छ भनेर गीत निकालेको थिए मैले” । आफनो गीत बिशुद्ध ब्यग्यात्मकमात्र रहेको भन्दै उनले आफुले देशको बिकृती र बिसंगतिमात्र चिर्न खोजेको उनको भनाई छ । “अमेरिका यै मलाई जापान पनि यै” गीत गाउँदा कांग्रेसको सरकार हुनु र “लुट्न सके लुट” गीत गाउँदा कम्युनिष्टको सरकार हुनु संयोगमात्र रहेको र आफनो मनमा कुनै द्धवेशभाव नरहेको उनको भनाई छ ।
उनले भिडियोमा गीतमा देखिएका राजनिती पार्टीको झण्डा देखिएको नियतबस नभई सम्पादनको क्रममा भएको गल्ती भनेका छन् । त्यसो त पशुपतिले आफनो गीतहरुबाट दर्शक तथा श्रोताहरुलाई नचाउने मात्र होईन देशमा रहेका बिकृतीहरुको गीतैमाफर्त चिरफार गर्दे देश बिकास हुनु पर्छ भन्ने सकरात्मक सन्देश दिँदै आएका छन् । आफनो गीत बिवादमा आउपछि पशुपति भन्छन् ठिकै छ यसले मलाई थप उर्जा दिएको छ ।