२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

पशुपति शर्मालाई तरुण दलले सम्मान गर्ने

684 Shares
Spread the love

नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल सरकारको आदेशमा नेकपाका कार्यकर्ताले मण्डले प्रवृत्ति देखाएको आरोप लगाएको छ।
सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छ’ बोलको गीतलाई आफ्ना कार्यकर्ता लगाएर धम्की दिइ गीत बन्द गर्न लगाएकोप्रति भ्रत्सना गरेको छ।
notext
सरकार र सत्तरुढ दलका कार्यकर्ताका गतिविधिले जनताको अध्व्यिक्ति स्वतन्त्रताको हनन गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो रबैयाले जनताको बोल्न पाउने, आफ्नो विचार राख्न पाउने, कुनै पनि रचना तथा सृजना गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको समेत हनन भएको छ।’
गीत संगीत र जनताको आवाज रोक्ने सरकार अधिनायकवादी नालायक साबित भएको उसको दावी छ। ‘ओली सरकार लुटेरा प्रमाणित भएको छ। सरकारको आदेसमा कम्युनिस्ट कार्यकर्ताले मण्डले प्रवृत्ति देखाउनु गलत हो’, महासचिव भूपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।’
तरुण दलले जनताको भावनाको गीत गाएको भन्दै गायक शर्माको सम्मान गर्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। तर, के कस्तो खालको सम्मान गर्न लागिएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन।

प्रतिक्रिया