२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

देशवासीको सम्बोधनमा जब प्रधानमन्त्रीले भने “ह्यापी भ्यालेन्टाईन डे”

1618 Shares
Spread the love

फागुन २ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गरेका छन् । आफु नेतृत्वको सरकार गठन भएको एक बर्ष पुगेको अवसरमा सम्बोधन गर्दे उनले आफनो कार्यकालमा भएका सफलता र उपलब्धीकाबारेमा उल्लेख गरेका थिए । आफनो कार्यकालमा देशमा उल्लेखनीयरुपमा आर्थिक ,सामाजिक , राजनितीक क्षेत्रमा पनि ठुलो उपलब्धी भएको बताए । यस बर्ष बिकासको आधार खडा गरेको बताउँदै उनले चुनावको बेला घोषणापत्रमा गरिएका प्रतिबद्धताहरु पुरा गरेयौ भन्न सक्ने स्थिती अर्काे चुनावसम्ममा आउने दाबी गरे ।

oli

समृद्धी नेपाल र सुखी नेपालको गन्त्वय नजिक पुगेको उनको भनाई छ । सम्बोधनको अन्तिम चरणमा उनले प्रेम दिवसको अवसरमा शुभकामना पनि दिए । सम्बोधनकै क्रममा बोल्दै उनले भने “नयाँ पिढीका हाम्रा भाईबहिनीहरुलाई ह्यापी भ्यालेन्टाईन डे” । जब प्रधानमन्त्रीले यस्तो भने तब पुरा हल हाँसोले गुञ्जयामान बनेको थियो ।

प्रतिक्रिया