२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

पानीजहाज कार्यलयको उद्घाटन , कहिले आउला पानीजहाज ?

1629 Shares
Spread the love

फागुन २ – केपी शर्मा ओली प्रधानमन्त्री बनेसंगै उनले नेपालमा पानीजहाज चलाउने घोषणा गरे । उनको उक्त घोषणापछि नेपालमा पानीजहाज चलाउनै नसक्ने भन्दै धेरैले उडाए । तर केही समय अगाडी पानीजहाज कार्यलय खेल्ने घोषणा गरेसंगै साच्चै अब नेपालमा पानीजहाज चल्ने नै हो त भन्दै केही आसावादी पनि भए । भारतले गंगानदीदेखि गण्डक नदीसम्म जलमार्ग निर्माण कार्य सुरु गरेलगत्तै प्रधानमन्त्रीले आज पानीजहाज कार्यलयको उद्घाटन गरेका छन् ।

notext

आज एक कार्यक्रमकाबीच ललितपुरको एकान्तकुना पानीजहाज कार्यलयको स्थापना गरिएको हो । एकान्तकुना स्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानीजहाज कार्यालय बनाइएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत स्थापना भएको पानी जहाज कार्यालयको नेतृत्व प्राविधिक तर्फका सह सचिवले गर्नेछन् । अब सोही कार्यलयले पानीजहाज सम्बन्धी सबै काम अघि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । कार्यलयमा १६ जना प्राविधिक कर्मचारीहरुको दरबन्दी रहेको छ ।

मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक÷एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी लगायत कर्मचारी रहनेछन् । आगामी मार्चमा नेपाल र भारतबीच अन्तरदेशीय जलमार्ग निर्माण तथा सञ्चालनसम्बन्धी वार्ता हुने भएको छ ।

काठमाडौंमा मार्च ३ देखि ९ तारिखसम्म हुने वार्ताले नेपाल–भारतबीच निर्माण हुने अन्तरदेशीय जलमार्गको स्पष्ट मोडालिटी तय गर्नेछ । नेपालमा पानीजहाज सञ्चालनको स्थलगत र सम्भाव्यता अध्ययन गर्न भारतको जल प्राधिकरणका अधिकारीहरु नेपाल आउने समेत तयारीमा छन् । भारतले नेपालको नारायणी नदीसम्म पानीजहाज आउने जलमार्ग निर्माण कार्यको थालनीसमेत गरिसकेको छ ।

प्रतिक्रिया