फागुन १- आज फागुन १ गते नेकपाले देशभर जनयुद्ध दिवस मनाईरहेको छ । प्रचण्डसहितका टोलीले आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्ध दिवस मनाईरहेको छ । तर नेकपा पार्टीभित्र भने जनयुद्ध दिवस मनाउने बिषयमा पनि मतभेद देखिएको छ । धुम्बाराहीमा जनआन्दोलन र जनयुद्धका सहिदहरूलाई श्रृद्धान्जली दिन प्रधानमन्त्रीसहित नेकपाकै शिर्ष नेताहरु पुगेनन् ।

यसैबीच नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफुहरुलाई जनयुद्ध दिवस मान्य नहुने बताएका छन् । आज जनकपुर पुगेका नेता नेपालले जनयुद्ध दिवस मनाउने निर्णय पार्टीको नभई निजी भएको बताए । पार्टीले नभई एउटा नेताले निजीरुपमा मनाउने जनयुद्ध दिवस आफुहरुलाई मान्य नहुने उनको भनाई छ । उनले भने ‘यो प्रचण्डजीको निजी निर्णय हो, यसबारे पार्टीमा केही पनि छलफल भएको छैन। पार्टीले निर्णय पनि गरेको छैन, त्यसैले हामी मान्दैनौं ।

उनले जनयुद्धमा मारिएका मात्र नभई सबै शहिदहरुको सम्मान हुनु पर्ने बताए । अहिले पार्टी कहाँ जादैछ कुन बाटोमा छ र पार्टीको परिपाटी नै अध्यक्षले नबुझन नसकेको भन्दै उनले आपत्ति जनाए ।