२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

सरकार र कांग्रेस दुबै असफल, राजतन्त्र फर्किन सक्छः अध्यक्ष राणा

1385 Shares
Spread the love

काठमाडौं, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘यो एक वर्षमा सरकार पनि असफल र प्रमुख प्रतिपक्षी दल कांग्रेस पनि असफल भयो । दुवै असफल भए । उनीहरुले अवसरको सदुपयोग गर्न सकेनन् ।’

notext

मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्नुहुँदै अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको गम्भीर आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकार र कांग्रेस दुवै असफल भए । अब हाम्रो पालो आयो ।’ उहाँले दुवै असफल भएकोले मुलुकमा राजतन्त्र फर्किन सक्ने सनसनीपूर्ण घोषणा गर्नुभयो ।

भापतित्वमा आयोजित उक्त साक्षात्कारमा बोल्दै उहाँले यस्तै भए नेपालमा राजतन्त्रपनि फर्किन सक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजतन्त्र फर्किन सक्छ ।’ राणाले ओली सरकारलाई दुई तिहाई ल्याएको भन्दै मान्नैपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, ‘ओली सरकारलाई मान्नैपर्छ । ०४७ सालपछि पहिलोपटक दुई तिहाईको बहुमत ल्याउन सफल भएको छ । ओलीजीको लागि यो मौका हो ।’

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाईको मौकाको सही सदुपयोग भने गर्न नसकेको आरोप लगउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँ यो मौका प्रयोग गर्न असफल हुनुभयो । यो एक वर्षमा सरकारले के–के राम्रो काम गर्यो त भनेर पाना–पाना पल्टाईपल्टाई हे¥यौं भने मौका खेर फालेको पाईन्छ । सरकारले यो एक वर्षमा हाँसिल गरेका उपलब्धि शुन्य छ ।’

व्यापार घाटापनि डरलाग्दो रहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘आयातको दश प्रतिशत जति पनि निर्यात भएको छैन् । हरेक क्षेत्रमा सरकारले खास केही प्रगति गर्न सकेको छैन् । काम केही भएकै छैन् ।’ प्रधानमन्त्री ओलीले भ्रष्टाचारमुक्त देश बनाउँछु भनेर सार्वजनिक भाषण गरेपनि व्यवहारमा त्यस्तो नभएको उहाँको आरोप छ ।

उनले अघि थप्नुभयो, ‘बुढीगण्डकीको ठेक्का प्रक्रिया नै नगरी एउटा कम्पनीलाई किन दिईयो ? यसरी दिँदा भ्रष्टाचार भयो कि भएन ? म प्रश्न गर्न चाहन्छु ।’ त्यस्तै उहाँले वाईडबडी जहाज खरिद गर्दा पनि ठूलो घोटाला भएको आरोप लगाउनुभयो ।

कुटनीतिक क्षेत्रमा पनि सरकारले सन्तुलन कायम गर्न नसकेको राणाले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले कुटनीतिक सन्तुलन गुमेको छ । हामी एकतीर ढल्केका छौं ।’ उहाँले भेनेजुयला प्रकरणमा पनि वक्तव्य जारी गरेर अमेरिकासँग जोरी खोज्ने काम गरेको भन्दै सरकार तथा नेकपाको आलोचना गर्नुभयो । उहाँले भन्नुभयो, ‘भित्तासित कुहिनो ठोक्ने काम भयो । यस्तो गर्नुहुँदैनथियो । भेनेजुयलासँग नेपालको दौत्य सम्बन्ध छ कि छैन मलाई त सन्देह नै लाग्छ ।’

सरकारले कुटनीतिक रुपमा कुनै पनि सिप तथा क्षमता देखाउन नसकेको उनले आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले सही काम गरेकै छैन् ।’ यद्धपी उनले राजनीतिक रुपमा भने प्रधानमन्त्री सफल भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘किनभने उहाँले दुई तिहाई बहुमत ल्याउनुभयो ।’

प्रतिक्रिया