चित्वन। नेपाल विद्यार्थी संघको महाधिवेशन हुन नसकिराखेकै बेला केन्द्रीय अध्यक्षले चितवनमा अधिवेशन गराउनका निम्ति तदर्थ अध्यक्ष का रुपमा दिनेश पौडेललाई पत्र पठाएका छन् ।

अध्यक्ष महरले केही दिन अघिबाटै केन्द्रिय सदस्य थप्दै अाएकोमा अाज विभिन्न जिल्लामा तदर्थ समितिका नाममा पत्र काटेका छन् । महरले अाजै मात्र पाटि सभापति शेर बहादुर देउवालाई राजिनामा दिएका छन् र देउवाले राजिनामा पनि स्वीकृत गरिसकेको देउवा निकट स्रोतले जनाएको छ ।
महरले राजिनामा दिएसगै मार्ग प्रसस्त भएको नेताहरु बताउछन् । ने.वि.संघ केन्द्रीय समितिको म्याद पटक पटक थप्दा पनि अधिवेशन हुन नसकेपछि महरले नैतिकताका अाधारमा राजिनामा दिनुपर्ने माग भईरहेकै बेला राजिनामा अाउनुले ने.वि.संघमा मात्रै होईन सिङ्गो काङ्ग्रेसलाई तरङ्गित बनाएको छ । अध्यक्ष महराले १५ जिल्लामा अधिवेशन सकियो र ५० बढि पालिकामा पालिका अधिवेशन सकिएको दावि गरेका छन् । उनी पाटि सभापति शेर बहादुर देउवा खेमाका हुन् ।